४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्थानीय सरकारद्वारा छात्राहरुका लागि सेनेटरी प्याडको बन्दोबस्ती



गौेरीगंज ५, असार/ गौरीगञ्ज गाउँपालिका वडा नं २ ( साविक कोरोबारी) का सामुदायिक बिद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्थानीय सरकारले निशुल्क सेनेटरी प्याडको बन्दोबस्ती गरेको छ । गाउँपालिकाले सो वडामा रहेको आदर्श मावि टटुवामारी र जनता आधारभुत बिद्यालय भाकुरमारीमा अध्ययनरत बिद्यार्थीहरुका लागि वडा मार्फत ति बिद्यालयमा बिहिबार एक सय प्याकेट सेनेटरी प्याड प्रदान गरेको हो । आदर्श माविका प्रधानाध्यापक लक्ष्मण राजवंशीले सो बिद्यालयका छात्राका लागि मात्रै ८८ प्याकेट सेनेटरी प्याड प्राप्त भएको बताए । उनले सेनेटरी प्याड बिद्यालयमै उपलब्ध हुँदा बिद्यालयमा छात्राहरुको उपस्थिती नियमित गराउन सहयोग पुग्ने बताए । गौरीगञ्ज २ की महिला सदस्य रीता तामाङ बालिकाहरु कक्षा ६-७ देखिनै विस्तारै किशोरावस्थामा प्रवेश गर्ने भएकाले महिनावारी हुँदा भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै उपलब्ध भएको सेनेटरी प्याड अति उपयोगी हुने बताउँछिन ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ४५ बजे