४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकाे निर्माणाधिन सडक खण्डमा खटिएका एक जना मजदुर जलेर गम्भीर घाईते



गाैरीगंज ३, असार / हुलाकी सडक अन्तर्गत गाैरीगंजकाे निर्माणाधिन सडक खण्डमा खटिएका एक जना मजदुर आज जलेर गम्भीर घाईते भएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ अन्तर्गत पेट्राेल पम्प अगाडि सडकमा कालाेपत्रे गर्ने क्रममा अलकत्रा बिच्छाउने मेसिनकाे फायरिङ्गले ३६ बर्षिय माे. माेनाथ जलेर गम्भीर घाईते भएका हुन् ।
उनलाई उपचार गर्न दमक लगिए पनि त्यहाँ सम्भव नभएपछि विराटनगरस्थिथ म्याक्स अस्पताल लगिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजले जनाएकाे छ । उत्त घाईते माेनाथकाे खुट्टा देखि घाँटीसम्म जलेकाे जनाईएकाे छ । उनी हुलाकी सडककाे निर्माणकाे ठेक्का पाएकाे कम्पनी माेदीदान कन्ट्रक्सनमा विगत ८ महिनादेखि कार्यरत थिए । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : ४० बजे