४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिक्षकलाई प्राविधिक क्षमता विकास सम्बन्धि ७ दिने तालिम



झापा १, असार / नेपाल शिक्षक संघ इलामको आयोजनामा तथा ज्ञानकुन्ज सिर्जनसिल प्रतिष्ठान इलामको प्राबिधिक सहयोगमा शिक्षकहरुको प्राबिधिक क्षमता बिकास तथा कार्यमुलक अनुसन्धान सम्बन्धी ७ दिने तालिम आज एक समारोहका बिच सम्पन्न भएको छ।

पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य माननीय गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल शिक्षक सङ सङ्घीय समितिका अध्यक्ष राजेन्द्रराज पौडेल,नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका महासचिव लक्ष्मिकिशोर सुवेदी,नेपाली काङ्ग्रेस इलामका सभापति हिमालय कर्मचार्य,नेपाल शिक्षक संघ प्रदेश १ अध्यक्ष पुर्ण प्रसाद गौतम ,ट्रेड युनियन काङ्ग्रेस प्रदेश अध्यक्ष नारायण बाबू कार्की, ज्ञानकुन्ज सिर्जनसिल प्रतिष्ठान इलामका अध्यक्ष खाडानन्द अधिकारी लगायतको उपस्थिति थियाे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले निकट भविष्यमा सरकार परिवर्तन हुन सक्ने र उक्त सरकारले शिक्षकहरुका समस्याहरु हल गराउन आफू प्रतिवद्ध रहेको बताउनुभयो। नेपाली काङ्ग्रेसको महाधिवेशन गर्नुको बिकल्प नभएको समेत उहाँले बताउनुभयाे । विशिस्ट अतिथि राजेन्द्रराज पौडेल र लक्ष्मिकिशोर सुबेदिले शिक्षकहरुले उठाउनु भएका पेशागत समस्या सम्बन्धी जिज्ञासा माथी बिचार राख्दै शिक्षकका समस्या समाधनका लागि सरकारसंग निरन्तर सम्बाद र संघर्ष गरिरहने र उपलब्धी प्राप्त गरि छाड्ने दाबी गर्दै शिक्षकहरुलाइ धैर्य गर्न अनुरोध गर्नुभयो।
प्रदेश अध्यक्ष गौतमले शिक्षा र समाजबादलाइ कसरी जोड्न सकिन्छ भन्ने बिषयमा पार्टी र शिक्षक संघ बिच छलफल चलाउनु पर्ने र काङ्ग्रेसको महाधिवेशन कसैलाइ स्थापित र बिस्थापित गर्न भन्दा पनि समग्र नीति र योजना निर्माणमा केन्द्रीत गर्न सुझाव दिनुभएको थियो।
नेपाल शिक्षक संघमा अवद्ध सदस्यहरुलाई लक्षित उक्त तालिम कार्यक्रममा १५० जना शिक्षकहरु सहभागी थिए। पुर्ण प्रसाद गौतम र बद्री कार्किले सहजीकरण गर्नु भएको उक्त तालिमको समापन कार्यक्रम नेपाल शिक्षक संघ इलामका अध्यक्ष डोरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो धन्यवाद मन्तव्य जिल्ला उपाध्यक्ष सुरेन्द्र कटवाल र महिला उपाध्यक्ष लक्ष्मी पोखरेलले राख्नु भएको थियो । कार्यक्रमकाे सञ्चालन सचिव गणेश अधिकारिले गर्नु भएको थियो।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : १९ बजे