१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतको बिहारमा ८ जुनसम्म (जेठ २५) लकडाउन थपियो



एजेन्सी
१७, जेठ र नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा जारी लकडाउन ८ जुनसम्म लम्ब्याइएको छ । व्यापारमा अतिरिक्त छुट गर्दै ८ जुनसम्म लकडाउन गर्ने निर्णय गरिएको हो । बिहारका मुख्यमन्त्री नितिश कुमारले लकडाउन जुन ८ गतेसम्म जारी रहने जानकारी गराएका छन् ।

केही खुकुलो गरिएको लकडाउनमा अब बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पसल खोल्न पाइनेछ । त्यसका लागि फरक–फरक व्यवसायका लागि फरक दिन तोकिनेछ । डीएमले यसबारे निर्णय गर्ने बताइएको छ । यस्तै यसअघि अत्यावश्यक कामका मात्रै सरकारी कार्यालय खुल्ने गरेकोमा अब सम्पूर्ण कार्यालय खुल्नेछन् । अपरान्ह ४ बजेसम्म २५ प्रतिशत कर्मचारी उपस्थित भएर सेवा दिने बिहार सरकारले बताएको छ ।

सरकारी कार्यालयहरु खुले पनि निजी क्षेत्रका कार्यालय भने खोल्न पाइने छैन ।

बिहारमा हालसम्म ७ लाख ५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । । जसमध्ये ६ लाख ८२ हजारभन्दा बढी निको भएका छन् भने ५ हजार बढीले ज्यान गुमाइसकेका छन् । पछिल्ला दिनमा बिहारमा कोरोना संक्रमण दर घट्दो क्रममा छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : ५६ बजे