४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश १ का विपक्षी दलद्वारा संसद्बाटै बजेट ल्याउन माग



विराटनगर १३, जेठ /
प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन् । प्रदेश संसद् सचिवालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८ ।
७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरे । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र पूर्व छलफल गराउनुपर्नेमा जोड दिए ।

नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए ।

नेपाली कांग्रेस दलका नेता कोइराला, माओवादी केन्द्र दलका नेता आङ्बो, जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति पनि प्रकाशन गरी प्रदेश नीति तथा कार्यक्रम ल्याई संसद्बाटै बजेट ल्याउन जोड दिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १२ : ४८ बजे