४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज –३ ले संक्रमितलाई पौष्टिक आहार प्रदान गर्ने, संघ संस्थाबाट कार्यालयलाई सहयोग



गौरीगंज ११, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले वार्ड भरिका कोरोना संक्रमितहरुलाई पौष्टिक आहारसहित स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ ।

वार्ड अध्यक्ष मखना महतोको अध्यक्षतामा आज बसेको वार्ड कार्यसमितिको वैठकले प्रत्येक संक्रमितलाई ३ हजार मुल्य बराबरको पौष्टिक आहारसहित स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म संक्रमित भएका ७ जनालाई उक्त सामाग्री वितरण गर्ने वडा अध्यक्ष महतोले जानकारी गराएका छन् ।

वार्ड भरिका हालसम्म कोरोनाका संक्रमितहरुलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्रीले कोरोनालाई जित्ने हौसला प्रदान होस् र मनोवल उच्च राख्न प्रेरणा मिलोस् भन्ने उद्येश्यले वितरण गरिएको उनको भनाई थियो ।

वार्ड कार्यालयलाई सहयोग प्रदान

यसैविच कोरोना महामारीबाट रोजीरोटी गुमाएका अति विपन्न परिवारलाई वितरण गर्ने गरी वार्ड कार्यालयलाई राहत स्वरुप रकम प्राप्त भएको छ । गौरीगंज साना किसान कृषि सहकारी संस्थाले विपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराउन नगद ७ हजार ५ सय रुपैयाँ वार्ड कार्यालयलाई हस्तान्तरण गरेको हो । संस्थाकी अध्यक्ष सुमित्रा बुढाथोकीले वार्ड अध्यक्ष मखना महतोलाई आज उक्त रकम हस्तान्तरण गरेकी हुन् ।


त्यसैगरी उपभोक्ता संरक्षण मंच गौरादहका पुर्व अध्यक्ष दिलिप भण्डारीले १ सय केजी चामल राहत स्वरुप वार्ड कार्यालयलाई प्रदान गर्ने भएको छ । उयभोक्ता संरक्षण मञ्च गौरादहका पुर्व अध्यक्षसमेत रहेका समाजसेवी भण्डारीले ‘कोही भोकै नबसुन्’ भन्ने अभियान अन्तर्गत उत्त खाद्यान्न राहत स्वरुप प्रदान गरेका हुन् ।

उनले हालसम्म खाद्यान्न संकटमा परेका गौरादह नगरपािलका वार्ड नं. १,२,३ र ४ का १ सय ११ परिवारलाई चामल, दाल, नून र तेल राहत स्वरुप सहयोग गरिसकेको बताए । यसै अभियान अन्तर्गत उनले कोभिडबाट संक्रमित ७ परिवारलाई मह, काजुलगायत खाद्यान्नसहित स्वास्थ्य सामाग्रीहरु कम्तिमा १ हजार र वढीमा २ हजार १ सय ५० रुपैयाँ बराबरको रकम प्रदान गरेको जनाएका छन् । यस अभियानलाई अझ प्रभावकारी बनाउन अन्य व्यत्ति र संघ संस्थाबाट हालसम्म ८१ हजार रुपैयाँ सहयोग प्रदान भएको उनले जानकारी गराएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ४ : ४४ बजे