४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अस्पताल चहार्दा चहार्दै मेचीनगरकी ११ बर्षिया राजवंशीकाे मृत्यु



 गाैरीगंज ७, जेठ / मेचिनगर–१३ चारआलीकि ११ वार्षिया बालिकाको मृत्यु भएकाे छ । अस्पतालले उपचार गर्न भर्ना नलिएपछि कक्षा ४ मा अध्ययनरत एलिना राजवंशीकाे मृत्यु भएकाे हाे ।
राजबंशीलाई हिजो बिहान झाडापखाला भएको र दिउँसो ४ बजे पछि बान्ता हुन थालेपछि उनलाई एम्बुलेन्स मार्फत स्थानीय मनकामना अस्पताल लगिएको थियो ।

अस्पतालले वालिकाकाे अवस्था नाजुक भएकाे भन्दै भर्ना नलिएपछि बिर्तामोड स्थित कन्काई र अञ्जली अस्पताल लगिएकाे तर त्यहाँ पनि अस्पतालले उपचार गर्न नमानेपछि अस्पताल खोज्दा खोज्दै उनको मृत्यु भएको छिमेकी राजु लिम्बुले बताए ।
उनका बुबा रघुनाथ राजवंशी नेपाली सेना नुवाकोटमा कार्यरत रहेका छन् । बालिकाकाे दाहसंस्कार भाेली हुने छिमेकी लिम्बुले जानकारी गराएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : २३ बजे