४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कोरोना संक्रमणबाट एकै दिन एक सय ९६ जनाको मृत्यु,६,८९१ जना कोरोनामुक्त



काठमाडौ ४, जेठ/नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय ९६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ११ पुगेको छ । 

पछिल्लो २४ घन्टामा आठ हजार दुई सय तीनजना संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या  एक लाख १४ हजार पाँच सय २९ पुगेको छ । 

पछिल्लो २४ घन्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या तीन लाख ५३ हजार चार सय १४ पुगेको छ । नेपालमा निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ४८ बजे