४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजका १४ जना काेराेना संक्रमणबाट मुक्त, २ जना आईसाेलेसन बेडमा



दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ साविक महाभाराका १४ जना एकसाथ आज कोरोना संक्रमण मुक्त भएका छन । सो वडाका ९ महिला र ४ पुरुषको दोश्रो चरणको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

गाउँपालिकाले आज सार्वजनिक गरेको कोरोना सम्बन्धिको विवरणमा दोश्रो चरणमा देखिएको नयाँ भेरियन्टसहितको संक्रमणबाट पीडित सो वडाका १३ जना र वडा नं ४ का एक जना पुरुषसहित गाउँपालिकामा कूल १४ जना एकैदिन संक्रमण मुक्त भएको उल्लेख छ । 

 सो  गाउँपालिकाद्धारा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन बेडमा हाल २ जना र कोशी कोभिड अस्पताल विराटनगरमा २ जना संक्रमित उपचाररत रहेका पनि जनाइएको छ । सो गाउँपालिकामा आइसोलेसन बेड १५ र क्वारेन्टाइन बेड ५० को संख्यामा रहेका गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । सो गाउँपालिकाले दोश्रो भेरियन्ट शुरु भएयता कूल १२२ जनाको स्वाव परिक्षण र ४० जनाको एन्टिजेन परिक्षण गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ०१ बजे