३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अस्पताल छ, वेडहरु खाली



गौरीगंज २, जेठ / गौरीगंज गाउँपालिकामा कोरोनाको दोस्रो भेरियण्ट पश्चात् जेठ १ गतेसम्म ६० जना सक्रिय संक्रमित रहेका छन् । गौरीगंज गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरण अनुसार ६० जना संक्रमित मध्ये ५० जना होम आईसोलेसनमा छन् भने २ जना कोशी अस्पतालमा उपचार गराईरहेका छन् । त्यस मध्ये १ जनाको मुत्यु भईसकेको छ ।

दोस्रो भेरियण्ट देखा परे पश्चात् गाउँपालिकाद्वारा १ सय २२ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । कोरोना संक्रमित ६० जना मध्ये ७ जना संक्रमण मुक्त भईसकेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले १५ बेडको आईसोलेसन र ८ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ । ५० वेडको क्वारेन्टाइन कोरोना संक्रमित बिरामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो भेरियन्ट पछि कोही पनि विरामी अस्पताल आएका छैन्न भने वेडहरू खाली छन् ।

कोभिड अस्पताल भनेर गाउँपालिकाले १५ बेड आईसोलेसन, ८ वटा अक्सिजन सिलिण्डर र ५० बेड क्वारेन्टाइनको ब्यवस्था गरे पनि कोरोनाको विरामी घरमै उपचार गराईरहेका छन् । गौरीगंज गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रकाले नेपाल सरकारको प्रोटोकल अनुसारनै विरामी होम आइसोलेसनमा बसेको बताए । उनले होमआइसोलेसनमा बसेका विरामीहरुसंग नियमितरुपमा स्वास्थ्यकर्मीहरुसंग सम्पर्क भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुदै गरेको जानकारी गराएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  २ : ४४ बजे