३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

‘तुई मोर प्राणेर सखी’ म्युजिक भिडियो यतिखेर चर्चामा



गौरीगंज २, जेठ / गायक रोशन राजवंशीको स्वर तथा अभिनय रहेको ‘तुई मोर प्राणेर सखी ’ म्युजिक भिडियो यतिखेर चर्चामा छ । कोच राजवंशी भाषामा रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरेर रोशनले गायन क्षेत्रमा डेब्यू गरेका हुन् । स्कुल पढ्दा होस या कलेजको जीवन रोसनले कहिले गीत गुनगुनाउन छाडेनन्। फलस्वरुप म्युजिक भिडियो सार्वजनिक गरेर सांगीतिक पारखीहरुको बीच वाहीवाही कमाए । उनी भन्छन् – ‘यो मेरो पहिलो प्रयास हो, मन पराईदिनु हुन्छ कि पुर्ण विश्वस्त छु । ’

हेर्नुहोस् युट्युबमा

Watch this video on YouTube.


झापाको गौरादहमा जन्मेका उनको संगीत क्षेत्र सानै देखिको रुची हो । गीतमा मनिषा सुनुवारको पनि अभिनय रहेको छ। बिनिता विष्टको प्रोडक्सनमा निर्माण गरिएको र गायक राजवंशीको शब्द रहेको यस गीतमा कुन्दन राईको संगीत रहेको छ।
यस भिडियोको सम्पादन पनि कुन्दन राई आफैले र छायांकन धिरेन शाहले गरेका हुन। माया गर्ने जोडीले भावना प्रस्तुत गरिएको यस भिडियोको निर्देशक कार्तिक राजवंशी हुन् ।

पुर्वान्चल रेकर्डिङ स्टुडियोमा ईटहरिमा रेकर्ड गरिएको यस गितलाई कुन्दन राईले संगित गर्नु भएको छ। कार्तिक राजबंशीको निर्देशन रहेको छ। धिरन शाहले सिनेमेटोग्राफर गरेका छन्। मोडलको रुपमा रोसन र मनिषाको जोडि देख्न सकिन्छ। गितलाई पुर्वका रमणीय स्थलहरुमा खिचिएको छ। माया प्रेमको भाव रहेको उनको पहिलो यो म्युजिक भिडियोलाई मनपराउनेहरु दोर्याई तेर्याई हेर्ने गरेका छन् । गायक रोहन कान्तिपुर कलेज बिराटनगरका संचालक सदस्य तथा ब्यवस्थापन संकायका को – अर्डिनेटर पनि हुन्।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १२ : २५ बजे