४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कोरोना संक्रमित अध्यक्ष राजवंशीले भने– ‘धन्न बाँचियो, मैले दोस्रो जन्म पाए ।’



गौरीगंज –१ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशी

गौरीगंज ३०, वैशाख /
गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी कोरोना संक्रमणबाट निको भएका छन् । उनी १३ दिनपछि कोरोना संक्रमण मुक्त भएका हुन् । वैशाख १७ गते उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा उपचार गरिरहेका थिए । कोरोना संक्रमणबाट मुक्त भएका वार्ड अध्यक्ष राजवंशीले कोरोना संक्रमण पुष्टि भएको ९ दिनसम्म खाना नरुचेको बताए ।
‘शुरुमा एक्कासी ज्वरो आयो र टाउको दुख्यो’, अध्यक्ष राजवंशीले भने – चेक गर्दा कोरोना संक्रमण पुष्टि भएदेखि ९ दिनसम्म जिब्रोमा स्वाद हराएको र शरीर कमजोर भएर आयो ।’ १७ दिन पछि मात्र आफुले भात खाएको अनुभव उनले सुनाए ।
पेशाले स्वास्थकर्मी भएकाले उनको फार्मेसीमा एक जना कोरोना संक्रमितको जाँच गर्ने क्रममा कोरोना संक्रमण भएको उनले बताए । बैशाख १० गते कोरोना संक्रमितको जाँच गरेपछि उनलाई एक्कासी ज्वरो आएको र टाउको दुखेको थियो । कोरोना संक्रमित भएको ९ दिनसम्म तातो पानी, कागती पानी, जिवनजल, मल्टी भिटामिन, क्यालसियम ट्याब्लेट, सामान्य ज्वरो र रुघाँखोकीको दबाई सेवन गरेको र नियमित योगा मात्र गर्ने गरेको उनले सुनाए ।
‘खाना नखाई तपाई कति दिन सम्म बस्न सक्नु हुन्छ ? एक दिन, दुइ दिन वा तीन दिन ! सामान्य मानिसलाई तीन दिनसम्म खाना नखाई बस्नु पर्दा त्यसै पनि पीडा र अप्ठ्यारो हुने नै हो तर ९ दिन सम्म खाना नखाई बस्नु पर्दाको पीडा मलाई मात्र थाहा छ’,– वार्ड अध्यक्ष राजवंशीले भोगेको पीडा पोख्दै भने –‘धन्न बाँचियो, मैले दोस्रो जन्म पाए ।’
आज करिब ११ बजे विहान आफ्नो कोरोना नेगेटिभ रिपार्ट आएको थाहा पाएपछि मोइबालबाट खुशी व्यक्त गर्दै उनले भने –‘यस्तो पीडा कसैलाई नहोस् भन्दै भगवानसंग प्रार्थना गरे ।’
कोरोना संक्रमण भएपछि भोगेको पीडा छोटकरीमा सुनाउँदै वडा अध्यक्ष राजवंशीले संक्रमणबाट बच्न गाउँ तथा वडाबासीलाई घरमै बस्न, स्वास्थ्य मापदण्ड अपनाउन, साबुनपानीले नियमित हात धुन, मास्क लगाउन, भीडभाडमा नजान अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : ०७ बजे