४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सीमासंगैै जाेडिएकाे विहार राज्यमा काेराेना संक्रमित बढेकाे बढ्यै, मे १५ सम्म सरकारद्वारा लकडाउनकाे घाेेषणा




एजेन्सी

पटना / भारतको विहारमा बुधबार देखि मे १५ सम्मका लागि लकडाउन गरिएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि विहारमा लकडाउन गरिएको हो।
मुख्यमन्त्री नितिश कुमारले ट्विटरमार्फत् मे १५ सम्मका लागि लकडाउन गर्ने घोषणा गरेका हुन्।   

सोमबार विभिन्न अधिकारी तथा मन्त्रीहरूसँग छलफल गरेपछि लकडाउन गर्ने घोषणा गरेको उनले बताए।
विहार सरकारले संकट व्यवस्थापन समूहलाई लकडाउनमा गर्न पाइने/नपाइने विषयहरूबारे निर्देशिका जारी गर्न निर्देशन दिइएको छ।
पटना उच्च अदालतले पनि प्रदेश सरकारलाई लकडाउन गर्न आदेश दिएको थियो।

विहारमा सोमबारमात्रै ११ हजार ४ सय ७ कोरोना संक्रमित थपिएका थिए। त्यस्तै ८२ जनाले ज्यान गुमाएका थिए। विहारमा अहिले एक लाख बढी सक्रिय संक्रमित छन्। संक्रमितको संख्या भने पाँच लाख कटिसकेका छन्।

विहार राज्य भरि स्कूल, कलेज, कोचिंग संस्थान, प्रशिक्षण, अनुसंधान कार्यालय, सिनेमा हल, पार्क, जिमखाना, वाणिज्य र निजी प्रतिष्ठान बंद गर्ने घाेषणा गरेकाे छ ।
अनावश्यक आवागमन प्रतिबंधित गरिएकाे छ भने
शपिङ्ग महल, मन्दिर बन्द राख्ने निर्णय गरेकाे छ । हाेटल, रेष्टुरेन्टलाई हाेम डेलिभरीकाे लागि इजाजत दिईएकाे छ । अत्यावश्यक खाद्यान्न पसलहरूलाई खुल्ला राख्ने निर्णय गरेकाे छ भने विवाह कार्यक्रममा मा ५० भन्दा बढी जमघट हुन नदिने र डीजे बाजालाई प्रतिबन्ध लगाउने निर्णय गरिएकाे छ ।
अंतिम संस्कार-श्राद्ध मा २० जना भन्दा बढी सामेल हुन नपाईने र राशन कार्ड लिएका परिवारलाई निशुल्कमा चामल सरकारले उपलब्ध गराउने घाेषणा गरेकाे छ ।
सब्जी पसलहरूलाई विहान ७ बवेदेखि ११ बजे सम्म घुमेर बेच्न सकिने नियम बनाएकाे छ ।
सबै सरकारी तथा निजी कार्यालयहरू बन्द र
बैंकिंग, बीमा, एटीएम संबंधित प्रतिष्ठानहरू खुल्ला गरिने निर्णय गरेकाे छ । पेट्रोल पम्प, एलपीजी, पेट्रोलियम प्रतिष्ठान, प्रिंट इलेक्ट्रॉनिक मीडियालाई छुट दिईएकाे छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : ०९ बजे