४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

अक्सिजनसहितकाे वेड खाली, गाैरीगंजका २२ जना संक्रमितकाे घरमै उपचार , सेनाकाे टाेली बाेर्डरमा



गाैरीगंज १७, वैशाख / विश्वव्यापीरूपमा फैलिईदै गएकाे काेराेनाकाे दाेस्राे लहरकाे संक्रमणबाट गाैरीगंजमा २२ जना प्रभावित छन् । त्यसमध्ये २१ जना वार्ड नं.१ महाभरा कै छन् भने १ जना वार्ड नं. ४ का छन् । याे संख्या  समाचार पार्दा सम्मकाे हाे ।
उनीहरू सबै हाेम क्वारेन्टाइनमा बसेका छन् । त्यसाे त पचास बेड र १० वटा अक्सिजनसहितकाे आईसाेलेसन बेड भएकाे क्वारेन्टाइनकाे व्यवस्था भने गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ स्थित प्राथमित स्वास्थ्य केन्द्रकाे नयाँ भवनमा नगरिएकाे हाेईन तर पनि संक्रमितहरू हाेम क्वारेन्टाइनमा बसेका छन् । स्थानिय सरकारद्वारा व्यवस्था गरेकाे अक्सिजनसहितकाे क्वारेन्टाइन खाली छ ।

स्वास्थ्यकर्मीकाे रेखदेखमा उपचार गर्ने गरि स्थानिय सरकारले स्थापना गरेकाे क्वारेन्टाइनमा किन काेराेना संक्रमितहरू बसेका छैनन् ? हाेम क्वारेन्टाइनमा किन बसेका छन् ? संक्रमितहरू हाेम क्वारेन्टाईनमा बस्नु कतिकाे सुरक्षित हुन्छ या हुदैन्न ?  आम सर्वसाधारणकाे जिज्ञासामा गाैरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले काेभिडकाे लक्षण नदेखिएकाे तर स्वास्थ्य परिक्षण गर्दा पाेजिटिभ भएकाहरूलाई हाेम क्वारेन्टाइनमा राख्दा डराउनु नपर्ने बताए ।

सरकारकाे  काेराेना संक्रमितहरूकाे अवस्था सामान्य भए हाेम क्वारेन्टाइनमा राखेर उपचार गर्न सक्ने नीति अनुरूप गाैरीगंज गाउँपालिकाले हाेम क्वारेन्टाइनमा रहेर उपचार गर्न सकिने नीति लिएकाे स्वास्थ्य प्रमुख मिश्र बताउँछन् । ‘संक्रमितहरू पनि स्थानिय सरकारले व्यवस्था गरेकाे क्वारेन्टाइन भन्दा घरमै बसेर उपचार गर्दा आफू बढी सुरक्षित हुने महसुस भएर हाेम क्वारेन्टाइन मै बसेका हुन् सक्छन् ,’ उनले भने ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ बस्ने काेराेना संक्रमित वर्ष ४५ काे एक जना पुरूषले स्वास्थ्य परिक्षण गर्दा काेराेना पाेजिटिभ अाए पनि अाफु घरमै बसेकाे बताए । ‘ ज्वराे अाउने, जिउ दुख्ने र पखाला भए पनि घरमै बसेर निकाे हुने हाे कि भनेर हाेम क्वारेन्टाइनमा बसेकाे हुँ । भाेलीसम्म निकाे हुने छाटकाट नभए क्वारेन्टाइनमा भर्ना हुनेछु ,’ उनले बताए । उनीसंगै श्रीमती पनि काेराेना संक्रमित छन् ।


सेनाकाे टाेली बाेर्डरमा
काेराेना महामारी बढेसंगै गाैरीगंजमा नेपाली सेनाकाे एक टाेली हिजाे अपरान्ह आईपुगेकाे छ ।
झापाकाे चारआली स्थित नयाँ त्रिनाथ गणका क्याप्टेन संजीव खत्रीकाे नेतृत्वमा ३० जना नेपाली सेनाकाे टाेली गाैरीगंजमा आईपुगेकाे हाे ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित बघुवा प्राविकाे भवनमा उनीहरू बसेका छन् । भारतीय सिमाबाट करिब २ किलाेमिटर दुरीमा बसेकाे उत्त नेपाली सेनाकाे टाेलीले काेराेना भाईरसकाे संक्रमणबाट बच्न , नियन्त्रण गर्न , सीमामा हुने आवतजावतलाई राेक्न, स्वास्थ्य सम्वन्धी जनचेतना फैलाउन, मास्ककाे प्रयाेगलाई व्यापक बनाउन र अन्य सुरक्षा निकायसंग समन्वय गरेर स्वास्थ्य सुरक्षाका अन्य उपायहरूलाई अवलम्बन गरेर आम नागरिकलाई सुरक्षित राख्न नेपाली सेनाकाे टाेली गाैरीगंजमा खटी आएकाे क्याप्टेन संजीव खत्रीले बताए । उनीहरू दैनिक रूपमा भारतीय सीमा क्षेत्रमा र बजार क्षेत्रमा गस्ती गर्नेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ५६ बजे