४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दमकका सरकारी कार्यालय तथा बजार अनुगमन



दमक १५, ,बैशाख /
कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको एक टोलीले आज दमकमा अनुगमन गरेको छ ।
दमक नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको टोलीले दमक बजारको केही पसल र सरकारी कार्यालयहरुमा अनुगमन गरेको हो ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख दिनेश न्यौपाने नेतृत्वको टोलीले मालपोत कार्यालय ,नापी कार्यालय दमक ,गोरखा डिपार्टमेन्ट स्टोर र एन. एम.बी. बैंक दमक लगायतका बैकमा अनुगमन गरेको छ ।
शिक्षा शाखा प्रमुख न्यौपाने, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक दिवस कुवँर, नगरपालिका कै स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरी,नगर प्रहरी,सहितको टोलीले अनुगमनका क्रममा माक्स नलगाएका सेवाग्राही र सर्वसाधारणलाई माक्स लगाउन अनुरोध गरेको छ ।
मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगाल,नापी कार्यालयका प्रतिनिधिसंग लेखापढी ब्यवसायी संघका अध्यक्षसंग छलफल गरी भोली देखि नै क्षेत्रगत रुपमा पालो सिस्टम लगाएर सेवाग्राहीलाई सेवा दिन कोरोना जोखिमबाट जोगाउने उपाय अपनाउन टोलीले अनुरोध गरेको दमक नगरपालिका शिक्षा शाखा प्रमुख तथा टोलीका प्रमुख न्यौपानेले बताउनुभयो ।
नगर प्रहरीको टोलीले दमक चोक ,बजार ,मालपोत कार्यालय क्षेत्र आदि विभिन्न ठाउँमा माइकिङ गरेर कोरोनाको जोखिमबाट बच्न सचेतना जगाएको नगरपालिकाले जनाएको छ ।
यसैगरी सानो प्रयास युवा समाज र ह्याप्पी नेपाल दमकको टोलीले आज बिहान नै दमक अस्पताल परिसर भित्र कोरोना कोभिड १९ को संक्रमण नहोस भनेर सेनिटाइजर स्प्रे गरेको छ ।
अस्पतालको आकस्मित कक्ष ,गेट शाैचालय लगायतका ठाउँमा सेनिटाइजर स्प्रे गरेको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : ३८ बजे