४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

जग्गा ठगी धन्दामा गाैरादह- ७ का अध्यक्ष बलराम खरेल फरार, १० जना पक्राउ


९ बैशाख २०७८, बिहिबार  

0
Shares

विर्तामोड९,वैशाख/ विर्तामोड स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरि आज नाम सार्वजनिक गरेको छ । सोहि कार्यमा संलग्न रहेका ६ जना फरार रहेको प्रहरीको भनाई छ ।

उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए । झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज-१ कुन्जिबारीका बलराम विश्वकर्मा (सुसिल) रहेको खुलासा भएको छ । उनी केहि वर्षदेखि विर्तामोडमा बसेर दुई नम्बरी धन्दा गर्दै आएका थिए ।

 

प्रहरीले उपलब्ध गराएको विवरणमा सुसिल नै मुख्य नाइके भएको पाइएको छ ।उनीसहित प्रहरीले बाह्रदशी-३ घर भई विर्तामोड-२ बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी एव नमस्ते होटल चन्द्रगडीका सञ्चालक भद्रपुर-७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी-५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी-८ का भुपदेव कटुवाल, विर्तामोडमा ट्याक्टर सोरुम सञ्चालन गर्ने अर्जुनधारा-५ का ५३ वर्षीय लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड-४ का ४३ वर्षीय गोविन्द वान्तावा (मिलन ) , विर्तामोड-१० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, विर्तामोड-४ कि ३३ वर्षीया रञ्जु राई र उर्लावारी-४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

फरार हुनेहरुमा गौराहद-७ का वडाध्यक्ष बलराम खरेल, मालपोत भद्रपुरका अधिकृत चेतन अधिकारी, मालपोतका तत्कालिन नासु हरी तिवारी, ओखलढुङ्गा चिशंखुगडी-७ का बेग प्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग-११ का देव बहादुर विष्ट र भद्रपुर-७ का ५३ वर्षीय प्रकाश कार्की रहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १२ : १७ बजे