४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंज – १ महाभारामा एकैदिन ६ जनामा काेराेना संक्रमण


१२ बैशाख २०७८, आइतबार  

0
Shares

गाैरीगंज १२, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा चाैक बस्ने ६ जनामा आज काेराेना पाेजिटिभ पुष्टि भएकाे छ ।
सुरूङ्गा स्थित काेराेना परिक्षण अस्पताल काेटीहाेममा पिसिअार परिक्षण गर्दा उनीहरूमा काेराेना पुष्टि भएकाे हाे ।
गाैरीगंज – १ महाभरा बस्ने ३ जना पुरूष र ३ जना महिलामा काेराेना पुष्टि भएकाे प्रहरी चाैकी महाभराले जनाएकाे छ । 

उनीहरू सबै छमेकी हुन् भने २१ बर्यिया महिला साना किसान कृषि सहकारी संस्थामा कार्यरत छिन् ।
पिसिआर परिक्षण गर्दा ५७, ६० र ५३ बर्षिय पुरूष र ५७ , ३६ र २१ वर्षिया महिलामा काेराेना संक्रमण भएकाे छ । काेराेनाकाे महामारीकाे दाेस्राे लहरमा गाैरीगंजमा पहिलाे पटक ठुलाे संख्यामा  काेराेना पाेजिटिभ भेटिएकाे छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ३४ बजे