
गाैरीगंज ११, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा चाैक बस्ने एक महिलामा आज काेराेना पाेजिटिभ पुष्टि भएकाे छ । 
सुरूङ्गा स्थित काेराेना परिक्षण अस्पताल काेटीहाेममा टर्की जाने क्रममा पिसिआर परिक्षण गर्दा २४ बर्षिया महिलालाई काेराेना पाेजिटिभ भएकाे प्रहरी चाैकी महाभाराले जनाएकाे छ । काेराेना महामारीकाे दाेस्राे लहरमा गाैरीगंजमा पहिलाे पटक काेराेना पाेजिटिभ पुष्टि भएकाे हाे । 
हाल उनकाे अवस्था सामान्य रहेकाे र घर मै सुरक्षित बसिरहेकी छन् । तर जिल्ला जनस्वास्थ्य कार्यालय झापाले अाज प्रकाशित गरेकाे जिल्लाकाे काेराेना रिपाेर्टमा काेही पनि काेराेना पाेजिटिभ नभएकाे जनाएकाे छ ।
 
                                

 
                                                             
                    
                




