४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंजका कमल प्रसाद राजवंशी मन्त्रीद्वारा प्रतिष्ठानकाे सदस्य सचिवमा नियुत्त


७ बैशाख २०७८, मंगलबार  

0
Shares

गाैरीगंज ७, वैशाख / आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकाे सदस्य सचिवमा गाैरीगंजका युवा सामाजिक व्यक्तित्व कमल प्रसाद राजवंशी मनाेनित भएका छन् ।
उनलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नले ४ बर्षका लागि आज मंगलवार मनाेनित गरेका हुन् ।
मन्त्री परिषदकाे चैत २४ गते काे निर्णय अनुसार अादिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सञ्चालक परिषदका सहअध्यक्ष एवं माननीय मन्त्री ठगुन्नाले उनलाई मनाेनित गरेका थिए ।
आजै प्रतिष्ठानका उपाध्यक्ष गाेकुल घर्तीमगरले स्वागत गर्दै उनलाई पदभार ग्रहण गराएका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओली र उपनेता सुवाशचन्द्र नेम्वाङ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव ईन्द्र भण्डारी, दिपेन्द्र दाहाललगायतले सफल कार्यकालकाे शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १ : ०४ बजे