४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

६ कराेडमा नहर मर्मत, पानी चाहिँ छैन


१५ चैत्र २०७७, आइतबार  

0
Shares

 

बिष्णु पाैडेल 

हुक्कागाछी१५, चैत / झापाकाे गाैरीगंज ३ हुक्कागाछीमा सिचाँईका लागि बनाईएकाे नहरमा पानी हाेईन कमिलाकाे ताँती देखिन्छ । नहरकाे संरचना अलि अलि देखिए पनि लामाे समयदेखि पानी नआउँदा याे नहरबाट किसानले सिचाँईकाे सुविधा उपयाेग गर्न पाएका छैनन । याे नहर तिर्खाएकाे बर्षाै भयाे – स्थानिय एक जना किसानले नहरमा पानी नअाएकाे तर्फ व्यङ्य गर्दै सुनाए । 

४ वर्ष अघि सम्म नहरमा पानी आएपनि त्यसयता पानीकाे थाेपाे नझरेकाे र भेलबाढी आउँदा मात्रै नहरमा पानी देख्ने गरेकाे स्थानिय लगुनसरी महताेकाे भनाई छ ।
गाैरीगंज र गाैरादहकाे खेती याेग्य जमिन सिँचाईका लागि निर्माण गरिएकाे तल्लाे किस्नी खाेला सिँचाइ आयाेजना सञ्चालन भएकाे ५/६ वर्षमै बिग्रिएकाे थियाे । सिञ्चित क्षेत्रफलकाे अाधारमा याे सिँचाइ आयाेजना झापाकाे तेस्राे ठूलाे सिँचाइ आयाेजना भित्र पर्दछ ।
गाैरादहकाे केही भाग र गाैरीगंजकाे ३ र ४ नम्बर वडा क्षेत्रकाे १ हजार ५ सय हेक्टर जमिन सिँचाइका लागि २०५७ सालमा सिँचाइ आयाेजनाकाे निर्माण सुरू गरिएकाे थियाे ।
चार कराेड ६० लाख लागतमा निर्माण गरिएकाे सिँचाइ अायाेजना २०५९ देखि सञ्चालनमा अाएकाे थियाे । सञ्चालनकाे पाँच वर्षमै नहर बिग्रियाे । त्यसबेलादेखि बिग्रिएकाे नहरमा अझै पनि नआएकाे तल्लाे किस्नी खाेला सिँचाइ तथा जल उपभोक्ता समितिका अध्यक्ष घनश्याम रिजाल स्विकार्छन् ।
नहरकाे प्रतिक्षामा किसानले दशक बिताएपनि पानी अाउनै नसकेकाे उनकाे भनाई छ ।
नहर बिग्रिएकाे एक दशकपछि जलस्राेत तथा सिँचाई डिभिजन कार्यालय झापाले नहर मर्मतका लागि यश वर्ष चासाे देखाएकाे छ । नहर निर्माणमा भन्दा बढी मर्मतमा खर्च गर्दा पनि अझैसम्म नहर सञ्चालनमा भने आउन सकेकाे छैन । डिभिजन प्रमुख कृष्ण राजवंशीका अनुसार नहर पुननिर्माणका लागि गत साल मात्र ६ कराेड बजेट लागेकाे थियाे । त्याे बाँध बाध्ने काम मात्र भएकाे उनले बताए ।
नहर सञ्चालनका लागि अझै सात कराेड बजेट लाग्ने उनले बताए । जुन बजेट प्रदेश सरकारले स्वीकृत गरिसकेकाे उनकाे भनाई छ ।
‘लामाे समय बन्द रहेकाे नहर सञ्चालनका लागि हामीले काम गरिरहेबा छाै । गत साल बाँधकाे काम गर्याै । अझै काम गर्न बाँकी छ,’ उनले भने, ‘ याे वर्षकाे बजेट स्वीकृत भएकाे छ । अब कभर क्यान, बाँध, नहर सफाई, पानी बाँडफाँडकाे संरचना पुननिर्माण लगायतकाे काम गर्नुपर्ने छ । ‘

किसानलाई समस्या
कृषककाे सुविधाका लागि बनाईएकाे नहर केही वर्ष चलेर बन्द हुँदा कृषक मारमा परेका छन् । गाैरादहकाे केही क्षेत्र र गाैरीगंजका किसानलाई हिउँद महिनामा खेती गर्न समस्या हुने गरेकाे छ । बर्खे खेती अाकाशे पानीकाे भरमा गरिने भए पनि हिउँदे खेतीका लागि किसानलाई समस्या हुने गरेकाे हाे । ‘ किसानकाे समस्याकाे त कुरै नगराैं । केही वर्ष नहरले अाश देखायाे त्यसपछि निरास बनाएकाे छ । ‘हिउँदे खेतीका लागि सिँचाई गर्न पानी हुदैन,’ उपभोक्त समितिका अध्यक्ष रिजालले भने, ‘ कहिले पानी आउँछ र आनन्दले खेती गराैं भन्ने भएकाे छ । अहिले त दुःखले खेती गर्दै आएका छाैं ।
केही वर्ष कृषकले घरमै बाेरिङ राखेर खेती गर्दै आएका छन् । अधियाँमा खेती गर्नेलाई भने समस्या भएकाे गाैरीगंज – ३ का किसानहरू बताउँछन् ।
तल्लाे किस्ने खाेला सिँचाइ आयाेजना अन्तर्गत गाैरादह-८ मा बिग्रिएकाे नहर एक दशकदेखि नहर भत्किँदा किसानहरू सिँचाई सुविधाबाट बञ्चित छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  २ : १७ बजे