१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

गाैरीगंज – २ द्वारा छात्राहरूलाई साईकल वितरण


१२ चैत्र २०७७, बिहिबार  

0
Shares

गाैरीगंज १२, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. २ ले आज साईकल वितरण गरेकाे छ ।
वार्ड नं. २ ले बालबालिका लक्षित कार्यक्रम अन्तर्गत वार्ड सिलिङ्ग बजेटबाट २९ जना छात्राहरूलाई साईकल वितरण गरेकाे हाे । एसईई परीक्षा उतीर्ण छात्राहरूलाई अध्ययन गर्न सहज हाेस भन्ने उद्देश्यले वार्ड नं. २ ले गरिव तथा विपन्न परिवारका छात्राहरूलाई साईकल वितरण गरेकाे वार्ड अध्यक्ष अग्नुप्रसाद राजवंशीले बताए ।

वार्ड अध्यक्ष अघ्नुप्रसाद राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यपालिका सदस्य जेठा मुर्मु, रिता तामाङ, वार्ड सदस्यहरू अरूण राजवंशी, नेत्र राजवंशी, नेकपा माअाेवादी केन्द्रका वार्ड कमिटि अध्यक्ष टेेकनारायण राजवंशी, अभिवावक गाेकुल प्रसाद राजवंशी, विद्यार्थी सुनिता राजवंशीलगायतले शुभकामना मन्तव्यमा राखेका थिए ।
वार्ड सदस्य रिङणकुदेवी रामले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन वार्ड सचिव गाेविन्द प्रसाद राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १ : २० बजे