४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युवा संगठनकाे बृहत् माेटरसाईकल र्याली हुने, र्यालीलाई केन्द्रीय अध्यक्ष थापाले सम्बाेधन गर्ने


२७ माघ २०७७, मंगलबार  

0
Shares

 

दमक २७, माघ / राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले फागुन ८ गते बृहत् माेटरसाईकल र्याली गर्ने भएकाे छ ।
झापा क्षेत्र नं. ५ स्तरीय युवक संगठनद्वारा आयाेजित भेलाले आज दमकमा मोटरसाइकल र्‍यालीलाई भव्यरूपमा सम्पन्न गर्न युवक संगठनका केन्द्रिय सदस्य राजकुमार योङ्याको संयोजकत्वमा २५० सदस्यीय युवा परिचालन समिति गठन गरेकाे छ ।

भेलाले र्‍यालीलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि झण्डा, ब्यानर, होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, माइकिङ गर्ने, कोणसभा स्थलमा निरन्तर भेटघाट र भ्रमणलाई प्राथमिकतामा राख्ने, एकता र सहकार्यकोलागि सम्पूर्ण राष्ट्रबादी शक्ति संग सल्लाह, परामर्श गर्ने निर्णय गरेकाे छ । र्‍यालीलाई व्यवस्थित गर्नको लागि उल्लेख्य संख्यामा स्वयंसेवक परिचालन गर्ने, र्‍यालीलाई अनुशासित र मर्यादित बनाउनको लागि स्वयंसेवकलाई प्रशिक्षित गर्ने लगायतका कार्यदिशाहरु तय गरिएको जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश अध्यक्ष तथा केन्द्रिय कार्यसम्पादन समिति सदस्य राम थापा, क्षेत्र नं. ५ अध्यक्ष विजय बराल, सचिब हेम सुवेदी, पार्टी जिल्ला सदस्य तथा वाणिज्य बिभाग केन्द्रिय सदस्य जय गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापा जिल्ला अध्यक्ष राजकुमार राई , दमक नगर अध्यक्ष भिम पौडेल, कमल गाउँपालिका अध्यक्ष दिपक खरेल, युवा नेता राजकुमार योङ्या, युवक संगठन क्षेत्रीय अध्यक्ष सान नेपाल लगायतले सम्बोधन गरेका थिए । उल्लेख्य संख्यामा युवाहरु उपस्थित रहेको उक्त कार्यक्रममा साही शक्ति, वीर गोर्खाली लगायतका राष्ट्रबादी संगठनका पदाधिकारी र सदस्यहरु समेतको सकृय उपस्थिति रहेकोे थियो ।
भेलाले दमक, पाडाजुगी, मंगलबारे, गौरादह, ग्वालडुब्बा र गौरिगन्जका चाैक तथा बजार क्षेत्रमा यथेष्ट मात्रामा पार्टीका झण्डा, चुनाव चिन्ह अंकित व्यानर, र ठाउँ ठाउँमा राष्ट्रिय झण्डा राख्ने समेत निर्णय गरेको छ ।

र्‍यालीलाई पार्टी अध्यक्ष थापाले सम्बोधन गर्ने

माेटरसाईकल र्‍यालीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने जनाईएकाे छ ।
र्यालीपछि क्षेत्र नं. ५ का स्थानीय तहहरु दमक, गौरादह, कमल र गौरिगन्जमा कोणसभा गर्ने छ । त्यसैगरी कोणसभालाई महामन्त्री राजेन्द्र लिङ्देनले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको क्षेत्रीय अध्यक्ष सान नेपालले जनाएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ३ : १९ बजे