१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

डा. राजवंशी ‘चेलिबेटी सशक्तीकरण सम्मान २०७७’ बाट सम्मानित


२७ माघ २०७७, मंगलबार  

0
Shares

गाैरीगंज २७, माघ / स्वास्थ क्षेत्रमा उल्लेखनिय याेगदान पुर्याएकाे भन्दै डा. लिली राजवंशी सम्मानित भएकी छन् ।
मुलधार महिला सेवा केन्द्र उदयपुरले ‘चेलिबेटी सशक्तीकरण सम्मान २०७७’ बाट डा. राजवंशीलाई अाज सम्मानित गरेकाे हाे ।
मुलधार महिला सेवा केन्द्र उदयपुरकाे तेस्राे राष्ट्रिय वेटी सम्मेलन २०७७ हेटाैडामा सम्पन्न कार्यक्रममा बाग्मती प्रदेशका मुख्य मन्त्री मा. डोरमणी पौडेलले राजवंशी समुदायकाे प्रथम महिला चिकित्सक भई स्वास्थ्य क्षेत्रमा उल्लेखनिय याेगदान पुर्याएकाेले उनलाई सम्मानित गरेकाे थियाे ।
समानता, समावेशी र मानवअधिकारका लागि अासनमा महिला, भाषणमा महिला, शासनमा महिला, महिला लैङ्गिक विभेद र बालिका बलात्कार गर्नेलाई फाँसी देउ भन्ने मुल नाराका साथ हिमाल, पहाड र तराईका ३ दिने चेलीवेटी सशक्तीकरण राष्ट्रिय सम्मेलन माघ २७, २८ र २९ गते सम्म हेटाैडामा सञ्चालन हुने जनाईएकाे छ । डा. राजवंशीले स्वास्थ्य क्षेत्रमा १५ हजार भन्दा बढी नागरिककाे सफलता पुर्वक शल्यक्रिया गरेकी छन् । डा . लिलीले अादिवासी जनजाती अतिसिमान्तकृत राजवंशी महिलामा पहिलाे पटक एम.वि.वि.एस र एमडी गरेकी हुन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : ५४ बजे