१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोरोना संक्रमणबाट आज एक युवकको मृत्यु, मृतकको संख्या दुई पुग्यो


४ जेष्ठ २०७७, आइतबार  

0
Shares

20200517_170214

काठमाडौं ४, जेठ/ नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वषर्ीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ११ : १९ बजे