१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ससुराली नाता पर्ने आफन्तसंग पौने ३ लाख रुपैयाँ लिएर राजकुमार ताजपुरिया फरार


१३ माघ २०७७, मंगलबार  

0
Shares

दमक १३, माघ/ /झापाको गौरादह ८ तत्कालिन जुरोपानी गाविस वडा नं २ का राजकुमार ताजपुरिया आफना ससुराली नाता पर्ने आफन्तसंग पौने ३ लाख रुपैयाँ लिएर फरार भएका छन । गत बर्ष मसिंरमा इटाभट्टा घर भएकी सानीमा सासु पर्ने एक महिलामार्फत स्थानीयहरुसंग २ लाख ७५ हजार रुपैयाँ घर बनाउन भन्दै ल्याएर फरार भएका हुन ।

उनले श्रीमती सुनिता ताजपुरियासंगै ससुराली घर कमल ५ मंगलबारे आएका र ससुरालीमा घर बनाउने पैसा माग्दा आफुहरुसंग पैसा नभएको र सानीमासंग माग्न सकिने बताएपछि सुनिता र राजकुमार इटाभट्टास्थित सानीमाको घर गएका थिए । सानीमाको घरबाट पैसा लिएर आएको एक हप्तापछि राजकुमारले श्रीमती सुनितामाथि गाली गलौज, कुटपिट गर्ने गरेको र असुरक्षित महसुस भई माइतीघर आएकी थिइन ।
सो लगत्तै उनले घरमा कान्छी श्रीमति समेत ल्याएर फरार भएका पीडित सुनिताले बताइन ।

अहिले सानीमाले पैसाका लागि ताकेता गरिरहेको , श्रीमानले आफैंलाई छोडेर फरार भएको कारण आफु पीडित भएको सुनिताले पत्रकारहरु माझ सुनाएकी छिन । उनले कान्छी श्रीमति ल्याएर फरार भएका राजकुमारलाई घर परिवारले संरक्षण गरेर लुकाएको र स्थानीय प्रहरीमा निवेदन दिदा समेत सुनुवाई नगरेको सुनिताको गुनासो छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १ : १७ बजे