२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

प्रदेश नं.१ प्रदेश प्रहरी श्रीमति संघद्वारा गौरीगंजका संथाल परिवारलाई न्यानो कपडा


१८ माघ २०७७, आइतबार  

0
Shares

गौरीगंज १८, माघ / वढ्दै गएको चिसोले जनजिवन कष्टर हुदै गएकोबेला यहाँका केही अति विपन्न सन्थाल परिवारलाई न्यानो कपडा र खाद्य सामग्री वितरण गरिएको छ ।
प्रदेश नं.१ प्रदेश प्रहरी श्रीमति संघले गौरीगंज गााउँपालिका वार्ड नं. ५ र ६ का ३५ जना सन्थाल परिवारलाई न्यानो कपडा र खाद्यान्न सामाग्री वितरण गरेको हो । गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित भगवती प्राविको प्राङ्गणमा १ नं. प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष श्रृजना थापा कार्कीले न्यानो कपडा र खाद्य सामाग्री वितरण गरेकी थिइन् । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले प्रेरित संगठित संस्था १ नं. प्रदेश प्रहरी श्रीमति संघले प्रति परिवार न्यानो कम्बल, १० केजी चामल र १० केजी आलु वितरण गरिएको थियोे । १ नं. प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष श्रृजना थापा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराई, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्की, गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ३ का अध्यक्ष मखना महतो, भगवती प्राविका प्रअ अभय यादवलगायतको सहभागिता थियो ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : १३ बजे