१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज –३ द्वारा जेष्ठ नागरिकलाई भ्रमण, लक्षित वर्गलाई ग्यास चुला वितरण


१८ माघ २०७७, आइतबार  

0
Shares

 


गौरीगंज १८, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले वडा भित्रका लक्षित वर्गलाई ग्यास चुलो वितरण गरेको छ ।
कार्यालयले वडाको सिलिङ्ग वजेटबाट लक्षित समुदायका आदिवासी जनजाति, मधेशी मुस्लिम,पिछडा वर्ग र दलित शिर्षकको २ लाख ६० हजार रुपैयाँबाट आज आइतवार ग्यास चुलो वितरण गरेको हो ।

उनीहरुलाई कार्याक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वडा अध्यक्ष मखना महतोले ३६ जनालाई ग्यास चुलो र सिलिण्डर वितरण गरेका थिए । त्यसैगरी वडा भित्रका ४० जना जेष्ठ नागरिकहरुलाई सप्तरीको धार्मिक स्थल छिन्नमस्ता भ्रमणमा पठाएको छ । वडा कार्यालयबाट आज विहान करिब ९ बजे उनीहरुलाई चियानास्ता खुवाएर भ्रमणमा पठाएको हो । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वडा अध्यक्ष मखना महतो, वडा सदस्य हेमा आर्चाय, सरिता शेर्पा, भवेश दास, सोम्नीदेवी पासवानलगायतले उनीहरुलाई फुलमाला लगाएर भ्रमणमा विदाई गरेको थियो । वडा कार्यालयको सिलिङ्ग बजेटको ६० हजार रुपैयाँ जेष्ठ नागरिकलाई धार्मिक स्थल भ्रमण शिर्षकमा वजेट छुट्टाएको वडा अध्यक्ष मखना महतोले बताए । कार्यक्रममा वडा सचिव अजय कुमार साहले सञ्चालन गरेको कार्यक्रममा पुर्व गाविस अध्यक्ष देवी प्रसाद राजवंशी, आदिवासी जनजाती महासंघका गौरीगंज अध्यक्ष गंगा राजवंशी, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मी, शसस्त्र सीमा सुरक्षा वल गौरीगंजका प्रहरी निरीक्षक महेश विष्टलगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ११ : १९ बजे