१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय भाक्का दिवस भव्यरूपमा सम्पन्न ( तस्बिरसहित)


२९ पुस २०७७, बुधबार  

0
Shares

बिर्तामोड २९, पुस/कोचिला गाभुर फ्रन्ट नेपाल केन्द्रीय समितिले आज विर्तामोडमा राष्ट्रिय भाक्का दिवसकाे चाैथाे संस्करण भव्यरूपले सम्पन्न गरेकाे छ ।

बिर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित राष्ट्रिय भाक्का दिवसकाे चाैथाे संस्करण भव्यताका साथ सम्पन्न भएकाे हाे ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ दिवस मनाउँदै आएकाे समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी गराएका छन् ।

कोच समुदायमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समयमा अन्य जातजातिबीच लोकप्रिय बनेपछि भाक्काको महत्व झन-झन बढ्दै गएकाे हाे ।
कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९ गते ‘राष्ट्रिय भाक्का दिवस’ घाेषणा गरी मनाउन थालिएको अध्यक्ष राजवंशीले बताए ।

बिर्तामोडको सिटीसेन्टरमा बिहान ८ वजेदेखि भएकाे चौथो राष्ट्रिय भाक्का दिवसको कार्यक्रममा निःशुल्कमा भाक्कासंगै माछा र टमाटरकाे चटनी खुवाईएकाे थियाे भने लाेक सांस्कृतिक नृत्यमार्फत मनाेरञ्जन प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नगर र गाउँपालिकाका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत झापा, माेरङ् र सुनसरीबाट उल्लेख्यरूपमा सर्वसाधारणकाे सहभागिता थियाे । कार्यक्रममा काेच समुदायकाे लाेकप्रिय पहिरन धाेती, पेटानी, गर गहना र ऐतिहासिक पुस्तकहरूकाे प्रदर्शनी गरिएकाे थियाे ।

तस्वीर : हेमन्त  राजवंशी 

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ३६ बजे