४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजका एक सय भन्दा बढी ग्रामीण क्षेत्रका महिलाहरूलाई महिला संजालद्वारा कानुनी प्रशिक्षण


२१ पुस २०७७, मंगलबार  

0
Shares

 

गाैरीगंज २१, पुस / महिला हिंसा न्युनिकरण तथा क्षमता अभिवृद्धिका लागि गाैरीगंजका विभिन्न ग्रामिण क्षेत्रका महिलाहरूलाई एक दिने तालिम दिईएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३,४,५ र ६ का ग्रामिण महिलाहरूलाई गाउँपालिका स्तरिय गठित महिला संजाल संस्थाले तालिम दिएकाे हाे ।
महिला संजालकी अध्यक्ष मनिका राईकाे अध्यक्षतामा भएकाे तालिममा १ सय भन्दा बढी महिलाहरूकाे सहभागिता थियाे ।
गाैरीगंज वार्ड नं. ४ काे बाह्रसुदी, वार्ड नं. ५ काे जनता चाैकलगायत वार्ड नं. ३ र ६ मा भएकाे कार्यक्रममा सहभागी महिलाहरूलाई लैगिंक हिंसा न्युनिकरण, बाल विवाह तथा छुवाछुत विरूद्वकाे अभियानका बारेमा बताईएकाे थियाे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय गाैरीगंज प्रहरी निरीक्षक राकेश रेग्मी र बस्तु तथा उपभोक्ता महासंघका सदस्य केदार ढुंगेलले सहजीकरण गरेकाे कार्यक्रममा गाउँपालिकाका अध्यक्ष  बाबुराजा श्रेष्ठ, पत्रकार आत्माराम राजवंशी, वार्ड नं. ५ का अध्यक्ष विजय प्रसाद सिहं गन्गाई, वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीलगायत जनप्रतिनिधिहरूकाे सहभागिता थियाे । प्रदेश नं. १ सरकारकाे १ लाख २८ हजार रूपैयाँ बजेटबाट
पुस १९ र २० गते सञ्चालन भएकाे उत्त कार्यक्रमकाे स्वागत संजालकी सहसचिव सर्मिला राजवंशी गरृकी थिईन भने सञ्चालन नैना भुजेलले गरेकी थिईन्। कार्यक्रममा महिला संजालकी उपाध्यक्ष सरस्वाती बाबाजी, सदस्य रूकमणी राजवंशी, निरासा रेग्मीलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १ : २१ बजे