४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजका एक जना व्यत्ति जेल चलान


१९ पुस २०७७, आइतबार  

0
Shares

गाैरीगंज १९, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खाजुरगाछीका एक जना युवक आज जेल चलान भएका छन् ।
मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्वाका फरार प्रतिवादी २६ बर्षिय वेगु यादव भन्ने दिपेन्द्र यादव जेल चलान भएका हुन् ।  पीसीआर रिपोर्ट पश्चात उनी जेल सजाय भाेग्ने छन् । हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएकाे छ । उनलाई ११ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना भएकाे जिल्ला अदालत भद्रपुरले फैसला गरेकाे छ । अदालतले २०७६ साल ३ महिना ३० गते नै उत्त फैसला गरेपनि उनी फरार थिए । विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय गाैरीगंज र जिल्ला प्रहरी कार्यालय झापाकाे संयुक्त टाेलीले उनकाे घरबाट पुस १६ गते पक्राउ गरि अदालत समक्ष उपस्थिति गराएकाे जिल्ला प्रहरी कार्यालय  झापाले जनाएकाे छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : २४ बजे