३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंंजका प्रशासन प्रमुखले ३ जनालाई कीर्ते नागरिकता दिएको खुलासा


१२ पुस २०७७, आइतबार  

0
Shares

भद्रपुर , १२ पुस / तीनजना गैरनेपालीलाई नागरिकता वितरण गर्ने इलाका प्रशासन गौरीगञ्जका प्रमुखसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार साँझ पक्राउ परेका उनीहरुले कीर्ते छाप र वडा नम्बर ७ का अध्यक्ष बलराम खरेलेको कीर्ते हस्ताक्षर गरी गैर नेपालीलाई नागरिकता प्रदान गरेको आइतबार अनुसन्धानका क्रममा खुलेको हो ।
उनीसँगै पक्राउ पर्नेमा कार्यालय सहयोगी २४ बषीय आसिर आलम र गाैरादह नगरपालिका – ७ का ५९ बर्षीय कृष्ण तिम्सिना रहेका छन् ।

उनीहरुले जुराेपानी – ८ हाल गाैरादह नगरपालिका–७ स्थायी ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२) र बिशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३) लाई नागरिकता बितरण गरेको अनुसन्धानको क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताए ।

तीनै जनालाई नागरिकता दिएको कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नभएको र नागरिकता पाउने व्यक्तिहरुको समेत वडा नम्बर ७ मा बसोवास नहरेको उहाँले बताउनुभयो ।

नागरिकता सम्बन्धी सफ्टवेयर प्रयोग गरी उक्त नागरिकताहरु बनाइए दिएको र नागरिकता वितरण पश्चात सबै विवरण सफ्टवेयरमा इडिट गरी सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रवक्ता थापाले बताए ।

उनीहरुलाई झापा जिल्ला अदालतबाट नागरिकता सम्बन्धी कसुर मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १ : २६ बजे