४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहमा बम फेला पर्याे, स्थानिय त्रसित


११ पुस २०७७, शनिबार  

0
Shares

गाैरादह-७ मा आज फेला परेकाे बम 

गाैरीगंज ११, पुस/ गाैरादह नगरपालिका वार्ड नं. ७ जामबाडी पन्चकन्या चाैक नजिक भत्त बहादुर खत्रीकाे टीकबारीमा बम फेला परेकाे छ ।
आज विहान करिब ११ बजे केटाकेटीहरू खेल्ने क्रममा धान खेतकाे बीचमा रहेकाे टिकबारीमा ग्रिनेट बम फेला परेकाे हाे ।
प्लाष्टिकले बेरिएकाे उत्त बमलाई खेलाैना सम्झी केटाकेटीहरूले घरमा ल्याएका थिए । बम रहेकाे शंका लागेपछि स्थानियहरूले बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय गाैरीगंजमा खबर गरेका थिए । अहिले उत्त स्थानलाई प्रहरीले २ सय मिटर वरपर घेराबन्दी गरि राखिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छन् । बमलाई डिस्पाेज गर्न चारआलीबाट सेनाकाे डिस्पाेजल टाेली केहीबेरमा आईपुग्ने प्रहरीले जनाएकाे छ । बम भएकाे थाहापाएपछि विहानदेखि स्थानियहरू त्रसित छन्। 

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १२ : ०४ बजे