४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जवरजस्ती करणी गरेकाे आराेप लागेका फार्मेसी सञ्चालक ताजपुरिया पक्राउ, प्रहरी कहाँ आफैँ पुगे


२३ कार्तिक २०७७, आइतबार  

0
Shares

गाैरीगंज २३ , कार्तिक /
महिलालाई जवरजस्ती करणी गरेकाे आराेपमा गाैरीगंजका एक व्यक्ति आज पक्राउ परेका छन् ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गाैरीगंज चाैक दक्षिण ताजपुरिया फार्मेसी सञ्चालन गर्दै आएका अन्दाजी वर्ष ५० का पर्शुराम ताजपुरिया पक्राउ परेका हुन् ।
उनी गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछी कै बासिन्दा हुन् ।
असाेज १९ गते कानकाे उपचार गर्न गएकी गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कि अन्दाजी ४० बर्षिया ती पिडित महिलालाई चेक जाँच गर्ने क्रममा याेनाङ्गमा हात हाली जवरजस्ती करणी गरेकाे किटानी जाहेरी दिएपछि आराेपित ताजपुरियालाई पक्राउ गरिएकाे हाे ।
घटना असाेज १९ गते घटे पनि ईलाका प्रहरी कार्यालय गाैरीगंजमा कार्तिक ८ गते मात्र घटना दर्ता भएकाे थियाे ।

पिडक ताजपुरियाले त्यस्ताे कुनै किसिमकाे ती महिलामाथि दुर्व्यवहार नगरेकाे भन्दै अाएका थिए । मिलापत्र गर्ने भन्दै वार्ड नं. ४ मा छलफलसमेत भएकाे थियाे ।

ईलाका प्रहरी कार्यालय गाैरीगंजकाले अदालतबाट पक्राउ अादेश लिएपछि ताजपुरिया भने सम्पर्कविहिन भएका थिए । उनी आज आफै ईलाका प्रहरी कार्यालय गाैरीगंजमा पुगि पक्राउ दिएका थिए ।

यसै विषयमा नेपाल महिला सशक्तीकरण गाैरीगंजले ईलाका प्रहरी कार्यालय गाैरीगंजमा ध्यानाकर्षण पत्र बुझाएकाे थियाे ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ३८ बजे