३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरादहमा आंशिक लकडाउन, बेलुका ५ बजेदेखि बजार पुर्णरूपमा बन्द हुने


२६ कार्तिक २०७७, बुधबार  

0
Shares

गौरादह २६, कार्तिक /  कोरोना संक्रमण तीव्र वढेसंगै झापाको गौरादहमा आजदेखि आंशिक लकडाउन हुने भएको छ ।
आज बुधबारदेखि बेलुका ५ बजेदेखि वजार पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।
नगर प्रमुख रोहित कुमार साहको अध्यक्षतामा नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगर भित्र दिनानु दिन संक्रमण फैलिदै गएपछि जोखिम नियन्त्रणका लागि यहाँका उद्योग,व्यापार,बजार, यातायात सहितका सबै बन्द गर्ने निर्णय भएको प्रवक्ता भण्डारीले वताए ।
उनका अनुसार अर्को सूचना जारी नभएसम्म आंशिक लकडाउन रहने छ । समुदायमा कोरोना संक्रमण तीब्र बढेसँगै नगरपालिकाले आंिशक लकडाउन गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको उनले बताए । यस्तै सर्वदलीय बैठकले संक्रमितलाई अस्पतालसम्म पु¥याँउन नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकालाई ल्याउनका लागि नगरपालिकाले नै शव बहानको व्यवस्थापन गर्नका लागि प्रवक्ता भण्डारी र गौरादह २ का वार्ड अध्यक्ष हेमन्त कार्कीलाई फोकल पर्सन तोक्ने निर्णय गरिएको जनाईएको छ । गौरादहमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।
यता दमकमा गत कार्तिक १९ गते आंशिक लकडाउन कायम रहेको छ । जिल्लामै सवैभन्दा धेरै संक्रमण फैलिदै गएपछि नगरपालिकाले संक्रमण थप जोखिम हुन नदिन अपरान्ह ४ वजेदेखि विहान ७ वजेसम्म लकडाउन गरिआएको प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सीनाले वताए । उनका अनुसार जारी आंशिक लकडाउन कार्तिक मसान्तसम्म रहने छ । संक्रमणवाट दमकमा हालसम्म २३ जनाको मृत्युभईसकेको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १२ : ४४ बजे