३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दोस्रो ग्लोवल नेपाली फिल्म, म्युजिक, मिडिया एण्ड सोसल अवार्ड हुने


१० कार्तिक २०७७, सोमबार  

0
Shares

अमेरिका १०, कार्तिक   / लभ एण्ड सपोर्ट फाउण्डेसन, अमेरिकाले दोस्रो ग्लोवल नेपाली फिल्म ,म्युजिक, मिडिया एण्ड सोसल अवार्ड आयोजना गर्ने भएको छ ।
आँउदो २६ डिसेम्बरमा हुने उक्त अवार्डका लागि आवेदन खुल्ला गरिएको फाउण्डेसनका साँस्कृतिक संयोजक केदार उप्रेतीले भिडियो कन्फरेन्सगरि बताएका छन् ।
फाउण्डेसनले ति विद्याहरुमा लाईफटाइम अचिभमेन्ट अवार्ड सहित कुल २७ प्रतिभालाई नगद, ट्रफी र सम्मानपत्रद्धारा सम्मानित गर्ने तयारी गरेको छ ।
अमेरिकामा मुख्यालय रहेको उक्त फाउण्डेसनले सन् २०१८ मा अमेरिकाको नर्थ क्यारोलेना उत्त अवार्ड आयोजना गरेको थियो भने त्यसको समापन समारोह भने काठमाडौंमा सम्पन्न भएको थियो ।
कोभिड १९ को महाब्याधीका कारण यसपटक भने फाउण्डेसनले संक्षिप्त समारोहका साथ भर्चुअल माध्यमबाट अवार्ड वितरण गर्न लागेको पनि संयोजक उप्रेतीले बताए । अवार्ड वितरणको संक्षिप्त समारोह संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा आयोजना गरिने पनि उनले बताएका छन् ।

 

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : ०७ बजे