३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंजकाे ७१ जनाकाे पिसिआर रिपोर्ट १९ दिन पछि बल्ल आयाे, ९ जनामा काेराेना संक्रमण


९ कार्तिक २०७७, आइतबार  

0
Shares

 

गाैरीगंज ९, कार्तिक / गाैरीगंज गाउँपालिकाका ९ जनामा स्थानियस्तरमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का ४१ बर्षिय एक जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । उनी हिजाे मात्र अाफै विराटनगर स्थित नाेवेल अस्पतालमा पीसीआर परिक्षणका लागि स्वाव दिएका थिए । त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का ६२ वर्षिय एक जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । उनले पनि हिजै आफै नाेवेल अस्पतालमा पीसीअार परिक्षण गराएका थिए । गाैरीगंज गाउँपालिका वार्ड नं. २ काे ७ जनामा काेराेना संक्रमण भएकाे छ ।

गाउँपालिकाले उनीहरूकाे असाेज २१ गते कन्ट्याक्ट् ट्रेसिङ गराएकाे थियाे । वार्ड नं. २ घर भएका एक कृषि कार्यालयका कर्मचारीमा काेराेना संक्रमण भएकाे पुष्टि भएपछि साेहि वार्डमा कन्ट्याक्ट् ट्रेसिङ गरिएकाे थियाे । वार्ड नं. २ का ७ जना पुरूषकाे पीसीअार रिपोर्ट १८ दिन पछि काेटीहाेम काेभिड प्रयाेगशालाबाट आएकाे छ ।

 गाैरीगंज गाउँपालिका स्थानियसहित कार्यालयका १८ जना कर्मचारी र वार्ड नं. २ का ५३ जना गरि जम्मा ७१ जनाकाे पिसिअार परिक्षणका लागि स्वाव संकलन गरि काेटीहाेम काेभिडि प्रयाेगशालामा असाेज २१ गते पठाएकाे थियाे । 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  २ : २७ बजे