३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

वर्क फर नेपालले गाैरीगंजका १४२ जना विपन्नलाई राहत वितरण


५ कार्तिक २०७७, बुधबार  

0
Shares

गौरीगंज ५, कार्तिक / झापाको कमल गाउँपालिका वार्ड नं. ६ स्थित रहेको सामाजिक संस्था वर्क फर नेपालले गौरीगंज क्षेत्रका गरिब तथा अति सिमान्तकृत समुदायका परिवारलाई पोषणयुक्त खाद्यन्न सामाग्री वितरण गरेको छ ।
हेल्पिङ्ग हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्टको सहयोगमा संस्थाले कोरोना महामारीको प्रकोपबाट प्रभावित गौरीगंज गाउँपालिका वार्ड नं. ६, ४ र ३ का १४२ परिवारलाई आज राहत स्वरुप पोषणयुक्त खाद्यसामग्री वितरण गरेको हो । संस्थाले नेपाल कोभिड २०१९ रेस्पोन्ज २०२०, प्रोभिजन अफ फुड प्याकेज कार्यक्रम अन्तर्गत राहत वितरण गरेको हो ।


गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको खजुरगाछीमाविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी गौरीगंज गाउँपालिका वार्ड नं. ६ का ८४, वार्ड नं. ३ का २५ र वार्ड नं. ४ का ३३ जनालाई राहत वितरण गरेको थियो ।
संस्थाले २५ केजी चामल, २ केजी चिउरा, १ केजी चना, २ केजी दाल, २ केजी चिनी, २ लि. तेल, ०.५ केजी सोयाविन, १ केजी नुन वितरण गरेको वर्क फर नेपालका अध्यक्ष तिलचन अधिकारी जानकारी गराए ।  त्यसैगरी कमल गाउँपालिकाका ८ जना विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेकाे छ । 
गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वार्ड अध्यक्ष बद्री नारायण यादवको प्रमुख आतिथ्यतामा भएको वितरण कार्यक्रमको अध्यक्षता वर्क फर नेपालका अध्यक्ष तिलचन अधिकारीले गरेका थिए ।
कार्यक्रममा संस्थाका मुस्लिम समाज गौरीगंजका अध्यक्ष नसिरुदिन , सचिव नजिरउदिन मियाँ, संस्थाका उपाध्यक्ष केशव भण्डारी, कोषाध्यक्ष दिनेश संग्रौला, सदस्य पुष्पा सापकोटालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ११ : ५५ बजे