३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कांग्रेस नेतृ लिम्बुले दशैं भत्ता नलिने घाेषणा


३ कार्तिक २०७७, सोमबार  

0
Shares

दमक ३, कार्तिक / नेपाली कांग्रेसकी नेतृ तथा सांसद महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने घोषणा गरेकी छन् । संघीय संसदकी सदस्य रहेकी लिम्बुले दमक ९ स्थित आफनै निवासमा आज पत्रकार सम्मेलन गरि भत्ता नलिने घोषणा गरेकी हुन् ।

कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले वताईन् । उनले भनिन्,–‘देशभित्र कोरोना महामारीको संकटको घडीमा जनप्रतिनिधिहरुले दशै भत्ता लिनु कदापि उचित हुदैन् ’
दशैंभत्ताबापत सचिवालयले प्रत्येक सांसदलाई जनही ६४ हजार ७० रुपैयाँ उपलव्ध गराउदैआएको छ । यसैगरि सांसद लिम्बुले नागरिकको कोरोना परीक्षण र उपचार निशुल्क गर्नबाट पछि हटेकोमा आपत्ति जनाउदै निर्णय सच्याँउन माग गरिन् । कोरोना संक्रमितको उपचार राज्यले गर्नुपर्ने भन्दै त्यस दायित्वबाट राज्य पछि हट्न नहुने भन्दै उनले जनताको कोरोना परीक्षण गर्न र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन लाग्नु पर्ने माग गरिन् ।
यसैवीच कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने सवै सांसदको दशैभत्ता कोरोना उपचार कोषमा जम्मा गरिने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वताएका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ५८ बजे