३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

विर्तामोडमा दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा


२७ आश्विन २०७७, मंगलबार  

0
Shares


बिर्तामोड २७, असोज /  झापाको विर्तामोडमा दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा आएको छ ।    
   चाडपर्वलाई लक्षित गर्दै विर्तामोडको काँकरभिट्टा रोडस्थित सिटीसेन्टरमा लिलानाथ रेग्मी र मोहम्मद तजमुल अन्सारीले दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा ल्याएका हुन् ।
  झापा बाहदशी –७ का लिलानाथ रेग्मी र बिर्तामोड –५ का मोहम्मद तजमुल अन्सारीले ६० लाख रुपैयाँको लागतमा दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा ल्याएका हुन् ।
  युवामा वढ्दो सुट र दौरा सुरुवालको क्रेजलाई ध्यानमा राखी दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा ल्याएको सञ्चालक लिलानाथ रेग्मीले बताए ।
   चाडपर्वलाई लक्षित गरी सवै उमेर समूहका ग्राहकलाई सर्ट ,पेन्ट , सुट , दौरासुरुवाल ,कोटको ब्राण्डेड कपडा दक्ष डिजाइनरबाट डिजाइन गरी ग्राहकको आवश्यकता अनुसार दक्ष कालीगढबाट सिलाएर तयार पारी उपलव्ध गराइने उनले बताए । त्यस्तै महिलाको गाउन ,लेहेङ्गा, साडी, कुर्ता ,सलवार , कुर्तीका कपडा , वुटिकका सामान उपलव्ध गराइने उनले बताए ।
  त्यस्तै विवाह, पार्टी, स्कुल, कलेज ,सहकारी संस्था , बैंक, सरकारी कार्यालय प्रयोजनका लागी सर्टसुटहरु लयायतका ब्राण्डेड कपडा दक्ष डिजाइनरबाट डिजाइन गरी ग्राहकको आवश्यकता अनुसार दक्ष कालीगढबाट सिलाएर तयार पारी उपलव्ध गराइने उनले बताए ।
 रेमण्ड, सियाराम,विमल ,काडिनी ,  लगायतका ब्राण्डेड कम्पनीका कपडाहरु बिक्री भइरहेको  बताउँदै उनले ग्राहकको चाहना अनुसारको कपडा बिक्रीसहित दक्ष तथा अनुभवी कालिगढबाट कपडा सिलाई गरिने उनले बताए ।
 त्यस्तै दि रोयल सटिङ एण्ड सुटिङका अर्का सञ्चालक मोहम्मद तजमुल अन्सारीले ३५ वर्षदेखि आफू यहि व्यवसायमा आवद्ध रहेको बताउँदै   लामो समयदेखिको व्यवसायिक अनुभवलाई दि रोयल सटिङ एण्ड सुटिङमा निखार्ने बताए ।
 आफूहरुले ग्राहकलाई ब्राण्डेड कम्पनीका कपडाहरु उपलव्ध गराउने बताउँदै उनले ग्राहकलाई सन्तुष्ट बनाउने मुख्य उद्देश्य रहेको बताउँदै ग्राहकले कुनै गुनासो गरे तत्काल समाधान गरिने वताए ।

 

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ५७ बजे