३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

ब्राउन सुगरसहित दमकबाट एक महिला पक्राउ


१९ आश्विन २०७७, सोमबार  

0
Shares

 

गाैरीगंज १९, असाेज / लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको दमकबाट आज एक जना महिलालाई पक्राउ गरेको छ ।

दमक–९को दीपज्योति टोलमा बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारीलाई ३५ ग्राम ब्राउन सुगरसहित विहान ११.३० बजे पक्राउ परेकी हुन् । चौधरीको कोठाबाट कारोवार हुने गरेको सूचनाका आधारमा घटनास्थल पुगेको दमक प्रहरीको टोलीले छापा मारेर ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले पलङमुनि पाँच वटा प्लाष्टिकको पोका बनाएर राखिएको अवस्थामा चौधरीको कोठाबाट उक्त परिमाणको ब्राउन सुगर बरामद भएको जानकारी दिए ।

 प्रहरीले चौधरीको कोठाबाट ७४ हजार ६ सय १५ रुपैयाँ नगद पनि बरामद गरेको छ । उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ ।

 

 

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  २ : ०७ बजे