३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंज-२ काेराेवारीमा लकडाउन, खाद्यान्न विहान ७ बजेदेखि ११ बजेसम्म मात्र विक्री वितरण


१८ आश्विन २०७७, आइतबार  

0
Shares

 


गाैरीगंज १८, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारीमा अन्दाजी वर्ष ३५काे एक सरकारी कर्मचारीमा काेराेना संक्रमण भएकाे पुष्टि भएपछि सरकारी कार्यालयका सबै सेवा बन्द गर्ने निर्णय गरेकाे छ ।

वार्ड कार्यालयकाे अाज बसेकाे बैठकले स्वास्थ्य सेवा बाहेक स्थानिय हाट बजार, निजी तथा सरकारी विद्यालय, कलकारखाना, उद्योग अर्काे सुचना नआउञ्जेलसम्मका लागि पुर्णरूपमा बन्द गर्ने निर्णय गरेकाे हाे ।
स्वास्थ सेवा बाहेक अत्यावश्यक खाद्यान्न चिजवस्तुहरूकाे बिक्री विहान ७ बजे देखि ११ बजे सम्ममात्र खुल्ला राख्न सकिने वैठकबाट निर्णय भएकाे छ ।

वडा स्तरीय बैठकमा आज जनप्रतिनिधि , शिक्षक , प्रशासन र अन्य पदाधिकारीको बैठकले सो निर्णय गरेकाे वडा अध्यक्ष अग्नु राजवंशीले जानकारी गराएका छन् । कार्यालयले निर्णय गरे अनुसार अनिवार्य पालना गर्न सबै वडावासीलाई कार्यालयले अनुरोध गरेको छ ।


गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी घर भएका अन्दाजी ३५ बर्षिय कृषि शाखाका कर्मचारीमा काेराेना संक्रमण भेटिएकाे हाे ।
उनलाई १५ दिन अघि सामान्य ज्वाराे आएसंगै झाडापाखाला लागेपछि दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार गरेका थिए । त्यहाँकाे औषधिले निकाे नभएपछि दमकस्थित आम्दा अस्पतालमा टाईफाईड भएकाे भन्दै औषधि उपचार गराएका थिए ।

औषधि उपचारकै क्रममा उनकाे पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेपछि हिजाे उनकाे पिसीअार रिपोर्ट पाेजिटिभ देखिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ११ : २६ बजे