नेता केसीले शनिबार साँझ आफू संक्रमित भएको खबर संचारमाध्यमबाट पाएको तर केन्द्रीय कार्यालयले खबर नगरेको भन्दै खेद व्यक्त गरेका छन् । साथै उनले आजैदेखि आफू सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गर्न पनि आग्रह गरेका छन् । उनले टुईटरमा खेद प्रकट गरेका हुन् ।
१५ गते कांग्रेस कार्यालयमा २ सय ४० जनाको परीक्षण गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए । परीक्षण गरिएमध्ये २०-२२ जनाको नतिजा आउन बाँकी रहेकाले सबैको नतिजा आएपछि आइतबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।