१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पुर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार  

0
Shares

 

काठमाडौं १७, असाेज/  नेपाली कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआर टेष्टको रिपोर्ट आएको थियो ।

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु २ जना कर्मचारी भएको कांग्रेस कार्यालय स्रोतले बताएको छ  । 

 केन्द्रीय सदस्य गगन थापाले सामाजिक संजालमा आफुमा काेराेना संक्मण भएकाे बताउदै सबैलाई सजक रहन आग्रह गरेका छन् । 

नेता केसीले शनिबार साँझ आफू संक्रमित भएको खबर संचारमाध्यमबाट पाएको तर केन्द्रीय कार्यालयले खबर नगरेको भन्दै खेद व्यक्त गरेका छन् । साथै उनले आजैदेखि आफू सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गर्न पनि आग्रह गरेका छन् । उनले टुईटरमा खेद प्रकट गरेका हुन् ।

१५ गते कांग्रेस कार्यालयमा २ सय ४० जनाको परीक्षण गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए । परीक्षण गरिएमध्ये २०-२२ जनाको नतिजा आउन बाँकी रहेकाले सबैको नतिजा आएपछि आइतबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।

 

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : १९ बजे