४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

माछा मार्नेक्रममा एकजनाकाे मृत्यु


१५ आश्विन २०७७, बिहिबार  

0
Shares

 

भद्रपुर १५ , असोज/ झापाको भद्रपुर–७    अन्जनी माेडमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर ६ रंगियाडाँडाका ४७ बर्षीय संजित राजबंशी रहेका छन् । अन्जनी मोडस्थित मामा घर आएका राजवंशी अन्जनी मोडदेखि १ सय मिटर पश्चिम बागडोरा खोलामा दिउँसो १२ बजे करेन्ट लगाइ माछा मार्न गएका थिए । त्यसक्रममा आफैलाई करेन्ट लागेर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि ओमसाई हस्पिटल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : ५४ बजे