३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

ठेकीटाेलामा स्वास्थ्य केन्द्र स्थापना , स्वास्थ्य लाभ लिन गाउँवासीलाई आग्रह


१२ आश्विन २०७७, सोमबार  

0
Shares

गाैरीगंज १२, असाेज / ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि आधारभुत प्राथिमक स्वास्थ केन्द्रकाे उद्वघाटन गरिएकाे छ।
नागरिकहरुलाई स्वास्थ्य जस्ताे संवेदनसिल बिषयमा घर आँगनमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय सरकार लागिपरेको छ। गाउँपालिका भित्रका दुरदराजमा रहेका नागरिकहरुलाई स्थानीय स्तरमा सहज रुपमा सेवा दिन प्रत्येक वडामा स्वास्थ्य सेवा दिन आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेर सरकारी सेवा उपलब्ध गराउने तयारी गरेकाे छ।
त्यसअनुरूप गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे ठेकीटाेलामा आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रकाे उद्घाटन गरिएकाे हाे।


गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ठेकिटाेला तथा आसपासका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य केन्द्रकाे आज उद्घाटन गरिएकाे हाे ।
ठेकीटाेलामा सञ्चालनमा ल्याईएकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिपिन्द्र थापा र वार्ड अध्यक्ष मखना महताेले सयुंत्तरूपमा उद्घाटन गरेका छन् ।
गाैरीगंज गाउँपालिका अन्तर्गत रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा लिन नागरिकहरूलाई निकै लामाे यात्रा गरेर आउनु पर्ने भएकाले घर अाँगनमा नै स्वास्थ्य सेवा दिने उदेश्यले ठेकिटाेलामा प्राथमिक स्वास्थ्य केन्द्रकाे सेवा उपलब्ध गराईएकाे उपाध्यक्ष दिपेन्द्र थापाले जानकारी गराए।

नागरिकको स्वास्थ्य सेवामा स्थानीय सरकार उतरदायी रहेकाे बताउदै उपाध्यक्ष थापाले गाउँपालिका भित्रका सबै वडामा सरकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेकाे जानकारी गराए।

गौरीगंज गाउँपालिकाकाे बजार क्षेत्र सहित बढी जनघनत्व रहेकाे वडा नं -३ मा वडा बासीहरुकाे चाहना अनुसार वडाकाे ठेकिटाेलामा आधारभुत स्वास्थ्य केन्द्रकाे स्थापना गरिएकाे वडा नं -३ का वडाध्यक्ष मखना महत्ताेले जानकारी गराए।ठेकिटाेलामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरि नागरिकलाई स्वास्थ्य सेवा दिन स्वास्थ्य केन्द्रकाे आफ्नाे भवन नभएकाले ठेकिटाेलामा घर भाडामा लिई सेवा दिइने अध्यक्ष महताेले बताए ।

गौरीगंज गाउँपालिका वडा नं -३ काे ठेकिटाेलामा आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि स्थानीय दिपक गर्ताैला र उनकाे परिवारले ३ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका छन। भवन निर्माणका लागि सरकारले ३८ लाख ८७ हजार रूपैयाँ बिनियाेजित गरेकाे वडा अध्यक्ष महताेले जानकारी गराएका छन् । प्रशासकिय अधिकृत राजु दाहालले स्वास्थ्यमा सबै नागरिककाे सहजै पहुँच हाेस् भन्ने उदेश्यले अाधारभुत स्वास्थ्य केन्द्रकाे स्थापना गरेर शुरूवात गरेकाे बताए । स्वास्थ्य केन्द्रमा क्रमश जनशक्ति, उपक्रम र अन्य व्यवस्थापन गरिने उनले बताए ।
समाजसेवि केदार ढुंगेलले गाउँमै स्वास्थ्य केन्द्र स्थापना हुनु यहाँका स्थानियहरूकाे लागि गर्वकाे विषय भएकाे बताउदै स्वास्थ्य लाभ लिन सबैलाई अाग्रह गरेका थिए । गाउँकै स्वास्थ्य केन्द्रमा सर्वप्रथम चेकजाँच गरि सेवा लिए स्वास्थ्यकर्मीलाई पनि प्राेत्साहन हुने उनले बताए ।

 

वडा नं-३ का वडाध्यक्ष मखना महत्ताेकाे सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे। त्यस अवसरमा गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दहाल, स्थानीय समाजसेवी केदार ढुङगेल, प्रहरी निरीक्षक गणेश भट्टराई,  सशस्त्र  प्रहरी निरीक्षक विकास न्याैपाने, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्र लगायतले शुभकामना मन्तब्य राखेका थिए।

 

 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १ : २९ बजे