३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

कतै घाम, कतै बदली


१२ आश्विन २०७७, सोमबार  

0
Shares

काठमाडौं १२, असाेज /  दिनप्रतिदिन क्रमशः वर्षा कम र घाम लाग्ने क्रम बढ्दै गएको छ। मौसमविद्का अनुसार आगामी तीन दिन देशमा खासै वर्षाको सम्भावना छैन।

भारतको पूर्वी बिहार आसपास कमजोर हुने क्रममा रहेको न्यून चापीय प्रणालीको प्रभावले प्रदेश १, बागमती, गण्डकी र ५ नम्बर प्रदेशका थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना मात्र रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याालले जानकारी दिए।

उनका अनुसार आज (सोमबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका प्रायः स्थानमा घाम लागेको छ।

‘प्रदेश १, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा आंशिकदेखि सामान्य बदली छ,’ मौसमविद् अर्यालले सोमबार बिहान भने, ‘बाँकी प्रदेशमा आंशिक बदली छ।’

उनका अनुसार सामान्य बदली भनेको अलि बढी बादल र थोरै घाम तथा आंशिक बदली भनेको धेरैजसो घाम देखिने, थोरै मात्र बादल लाग्ने अवस्था हो।

‘तर प्रदेश १, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली भएकाले घाम नै देखिने हो,’ उनले भने।

मौसमविद् अर्यालयका अनुसार आज काठमाडौं उपत्यकामा वर्षाको खासै सम्भावना छैन, साँझपख कतै–कतै हल्का पानी पर्ने सम्भावना मात्र छ।

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १ : २७ बजे