३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापाका अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्रीलाई प्रेस काउन्सिलद्वारा क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने


६ आश्विन २०७७, मंगलबार  

0
Shares

भद्रपुर ६, असोज / झापाका अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री प्रेस काउन्सिलद्वारा पुरस्कृत गरिने कृयाशिल पत्रकारिता पुरस्कारबाट पुरस्किृत  हुने भएको छ ।

भद्रपुरबाट प्रकाशित हुने नयाँ सन्दर्भ साप्ताहिक तथा नयाँ सन्दर्भ डट कमका सम्पादक एवम् द-हिमालयन टाइम्स नामक काठमाण्डौंबाट प्रकाशित हुने अंग्रेजी दैनिकका झापा समाचारदाता क्षेत्रीलाई प्रेस काउन्सिल नेपालले कृयाशिल पत्रकारिताबाट पुरस्किृत गर्ने भएको हो । प्रेस काउन्सिल नेपालको स्थापना दिवसका उपलक्ष्यमा आयोजित हुने समारोहमा उक्त पुरस्कार प्रदान गरिने बताइएको छ ।

७७ वर्षिय क्षेत्री विगत ५० वर्ष भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहनु भएको र हालसम्म  कृयाशिल हुनुहुन्छ । यस काउन्सिल नेपालले कृयाशिल पत्रकारका लागि पुरस्किृत गर्न छनौट गरेको कदम सहि भएको हाम्रो बुझाई छ । पुरस्कारबाट सम्मानित क्षेत्रीलाई  हार्दिक बधाई  ज्ञापन गर्दछाै।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : ४१ बजे