४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वडा अध्यक्षकाे जेसिबीले निःशुल्कमा सडक मर्मत


४ आश्विन २०७७, आइतबार  

0
Shares

गौरादह ४, असाेज / गौरादह नगरपालिका वडा नं -९ मिसिनधुरा चाक्लाचौन हुदै बैगुन्धुरा जाेड्ने सडक जनसहभागिताबाट मर्मत गरिएकाे छ।
लगातारकाे वर्षा र सवारीसाधनकाे चहलपहलका कारण सडक खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि स्थानीय स्तरबाट करिब २ किलाेमिटर सडक मर्मत गरिएकाे हाे।

सडकमा खाल्डाखुल्डी परेर सवारीसाधन चलाउन तथा पैदलै हिड्न समेत समस्या भएपछि स्थानीय बासी आफै सडक मर्मत गर्न जुटेका हुन्। स्थानीय बासीहरुले सडक मर्मत गर्न सहजताका लागि वार्ड नं. ९ का वडा अध्यक्ष सिताराम भट्टराईद्वारा सञ्चालित तेज ईटा उद्योगसँग स्काभेटर सहयाेग मागेका थिए।

ईटा उद्योगले सडक मर्मत गर्न जेसिभी निशुल्कमा उपलब्ध गराएपछि खाल्डाखुल्डी पुर्न र खाल्डामा भएका पानी नाला तिर फाल्न सहज भएकाे स्थानीय गाेपाल घिमिरेले जानकारी गराए।

बिगत दुई बर्ष अगाडि ग्राभेल सहित निर्माण गरिएकाे सडक चार पाङ्ग्रे ठुला सवारीसाधन आवतजावत हुदा र यस बर्ष बढी वर्षा हुदा सडक पुरै खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि स्थानीयबासी जागरुक भएर सडक मर्मतमा जुटेकाले उद्योगले सडक मर्मत गर्ने साधन उपलब्ध गराएकाे तेज ईटा उद्योगका प्राेप्राइटर सीताराम भट्टराईले जानकारी गराए ।
गौरादह नगरपालिका वडा नं -९ काे वडाध्यक्ष समेत रहेका भट्टराईले मिसिनधुरा देखि बैगुन्धुरा जाेड्ने सडक खण्डको करिब २ किलाे मिटर सडक क्षेत्रमा खाल्डाखुल्डी परेकाले सडक मर्मतका लागि ईटा उद्योगका कर्मचारी सहित सडक मर्मत गर्न आवश्यक पर्ने साधन समेत उपलब्ध गराएकाे जानकारी गराए।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ३८ बजे