५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज र गाैरादहमा नेविसंघकाे संविधान दिवसका अवसरमा दिपप्रज्जवलन


३ आश्विन २०७७, शनिबार  

0
Shares

गाैरीगंज ३, असाेज / नेपाल विद्यार्थी संघ गाैरीगंजले संविधान दिवसका अवसरमा गाैरीगंज चाैकमा आज करिब साझ ६ बजे दिपप्रज्जवलन कार्यक्रम सम्पन्न गरेकाे छ । ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे गाैरीगंज चाैकमा नेविसंघकाे झण्डासहित नेपालकाे झण्डा फहराउदै मैनवत्ती बालेर नेविसंघ गाैरीगंजले संविधान दिवस मनाएकाे हाे ।

कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सदस्य तथा गाैरीगंज गापा उपाध्यक्ष दिपिन्द्र थापा र पुर्व जिल्ला सदस्य तथा गाैरीगंज गापा वार्ड नं. ३ का अध्यक्ष मखना महताेले नेपाली कांग्रेसकाे नेतृत्वमा रहेकाे सरकारले संविधान जारी गरेकाे स्मरण गराउदै यसकाे कार्यान्वयमा सबैकाे उतिकै भुमिका रहने बताएका थिए ।

नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएकाेले सबैले यसकाे अपनत्व ग्रहण गर्नु पर्नेमा उनीहरूले जाेड दिएका थिए ।

प्रत्येक बर्षकाे असाेज ३ गते संविधान दिवस मनाउदै अाएकाे बताउदै नेविसंघ गाैरीगंजले यसकाे अवसरमा दिपप्रज्जवलन कार्यक्रम राखेर अनुकरणीय कार्य गरेकाेमा उनीहरूले प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेविसंघ जिल्ला उपाध्यक्ष भवानी काफ्ले, शिक्षक संघ गाैरीगंज सभापति गाेपाल ताजपुरिया, महिला संघ गाैरीगंज सभापति हेमा आचार्य, नेविसंघ जिल्ला सदस्य देव ताजपुरिया, नेविसंघ गाैरीगंज सभापति कृष्ण दासलगायतकाे सहभागितामा दिपप्रज्जवलन कार्यक्रम सम्पन्न भएकाे थियाे ।
त्यसैगरी नेविसंघ गाैरादहले पनि गाैरादह बजारमा दिपप्रज्जवलन गरि संविधान दिवस मनाएकाे छ ।

 

 

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ३ : ०५ बजे