१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भ्रामक लेख प्रकाशित गरेकाे भन्दै ताजपुरिया समाज कल्याण परिषदद्वारा आपत्ति


२ आश्विन २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज २, असोज / पूर्वका प्रकृतिपूजक आदिवासी ताजपुरिया जातिका बारेमा दमकबाट प्रकाशित एक दैनिक पत्रिकाले छापेकाे विषयवस्तुप्रति जातिय संस्थाले आपत्ति जनाएका छन् ।

झापाकाे दमकबाट प्रकाशित “पूर्व शन्देश ” दैनिकको आजको अंककाे तेस्रो पृष्ठमा नेपालका जनजातिहरुबारे पत्रकार मधुसूदन पाण्डेयले “ताजपुरिया”समाज बारे गलत तथा भ्रामक लेख प्रकाशित गरेकाे प्रति उनीहरूले आपति जनाएका हुन् ।

अध्ययन र खाेज अनुसन्धान विनै मधुसूदन पाण्डे द्वारा लेखिएको गलत समाचार प्रति ताजपुरिया समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष गंगाराम ताजपुरियाले खेद ब्यक्त गर्दै उक्त लेख प्रकाशन गर्ने पत्रिकाको ध्यानाकर्षण गराएका छन्।
उनले भनेका छन् – ‘ आदिमकालदेखि बसाेवास गर्दै आएका नेपालका भुमिपुत्र ताजपुरिया जातिकाे विषयमा लेखिएकाे भ्रामक लेखले ताजपुरिया जातिमाथि अाघात पुर्याएकाे छ जुन अापतिजनक छ तुरून्त यसकाे क्षमायाचनासहित सच्चाउन हुन अनुराेध गर्दछु ।’ अखबारमा लेखिएकाे ताजपुरिया जातिकाे विषय कुनै पनि प्रकारले सत्यता नरहेकाे केन्द्रीय अध्यक्ष ताजपुरियाले स्पष्ट पारेका छन् ।

त्यसैगरी ताजपुरिया जातिको सामाजिक संस्था ताजपुरिया समाज कल्याण परिषद कमल गाँउ समितिले पनि जातिका बारेमा प्रकाशित विषयवस्तुले सिंगो जातिमाथि आघात पुरयाँएको भन्दै आपत्ति जनाएको हो ।
परिषदका अध्यक्ष चन्द्र प्रसाद ताजपुरिया र सचिव तीर्थ कुमार ताजपुरियाले आज संयुक्त विज्ञप्ति जारी गरि अखबारमा मधुसुदन पाण्डेयद्धारा ताजपुरिया जातिका बारेमा लेखिएका त्यस सामाग्रीले आफना धर्म ,संस्कृति माथिनै आक्रमण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा समाचार तथा कुनै विचार प्रकाशन गर्दा जाति,समुदायको भावना माथि चोट पुरयाँउने कार्य कसैले गर्न नहुने भन्दै प्रकाशित समाचार प्रति संस्थागत रुपमा खण्डन गरिएको जनाएका छन् ।
समाचारमा ताजपुरिया जातिले आफना धार्मिक संस्कार तथा कर्मकाण्डमा जाँडरक्सीको प्रयोग अनिवार्य भएको,जनगणनामा छुट्ठै जनसंख्या नखुलाईने जाति भएको भनेर उल्लेख छ । त्यस्तै, ताजपुरिया जातिका महिलाले नाक छेड्ने चलन नभएको उल्लेख गरेर ताजपुरिया जातिको परिचय भनेर खुलाइएको छ । परिषदले ताजपुरिया जातिको कुनै पनि कर्मकाण्डमा जाँडरक्सीको प्रयोग हुदैनन् भने जनगणना लगायतका अन्य पहिचानमूलक विवरणमा स्पष्ट धर्ममा प्रकृतिपूजक भनेर उल्लेख गरिआएको भन्दै त्यस्ता भ्रमित समाचारको कुनै सत्यता नभएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : १० बजे